भूकम्पको झट्काले हल्लियो टर्की, ६ जनाको ज्यान गयो, ६ भवन भत्किए

एक शक्तिशाली भूकम्पमा परी टर्कीमा ६ जनाको ज्यान गएको छ । अरु दर्जनौँ नागरिक घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको थियो । सबैभन्दा बढी प्रभावित भएको टर्कीको इन्जमिर शहरका कैयौ भवन भत्किएका छन् ।

इन्जमिर शहर टर्कीको तेस्रो ठूलो शहर हो । यूएस जियोलजिकल सर्वेका अनुसार रेक्टर स्केलमा भूकम्पको तिव्रता ७ थियो । भूकम्पले टर्कीबाहेक एथेन्स र ग्रीसमा पनि असर पारेको छ । पर्खाल भत्कदा ग्रीसमा दुई जनाको ज्यान गएको छ ।

रोयर्टसले टर्कीका गृहमन्त्रीलाई उद्धृत गर्दे समुन्दी किनारामा रहेको इन्जमिर शहरमा ६ भवन भत्किएको बताएको छ । टर्कीको आपतकालीन प्रवन्ध विभागले उद्धार र राहतको काम भैरहेको जनाएको छ । भूकम्पका केन्द्र एजियर सागर रहेको बताइएको छ ।

भूकम्पका कारण सुनामी आउन सक्ने भन्दै समुन्द्री किनारबाट टाँढा बस्न आग्रह गरिएको छ । टर्की धेरै भूकम्प आउने देशमा पर्छ ।

१५ कात्तिक २०७७, शनिवार ०६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु