कोरोना संक्रमित नेता मिन विश्वकर्माको स्वास्थ्य गम्भीर, सुधार हुन सकेन

कोरोना संक्रमणका कारण अस्वस्थ भई राजधानीको ग्रान्डी अस्पतालमा उपचाररत कांग्रेस निकट दलित संघका अध्यक्ष तथा नेता मीन विश्वकर्मालाई फोक्सोमा निमोनिया देखिएपछि नन इनभेसिफ भेन्टिलेटरमा राखिएको छ। हाल उनको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पताल स्रोतले शुक्रबार जानकारी दिएको छ।

कात्तिक १ गते संक्रमण देखिएका विश्वकर्मा श्वासप्रश्वासमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका थिए। वीरमा उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्रान्डी अस्पताल लगिएको हो।

उनको स्वास्थ्यमा खासै सुधार आउन नसकेको तर बिग्रेको अवस्था पनि नरहेको चिकित्सकले जानकारी दिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

१५ कात्तिक २०७७, शनिवार ०६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु