ओलीलाई प्रचण्ड, माधव कोही माइकलले हटाउन सक्दैन : महेश बस्नेत
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला दिनमा सम्वाद नहुनुको कारण अध्यक्ष दाहाल कन्ट्याक्ट टेसिङमा पर्नु भएको बताएका छन् । र, यो कुरा स्वय दाहालको सचिवालयले पनि विज्ञप्ती निकालेर स्पष्ट पारिसकेको उनले सुनाए ।
नेता बस्नेतले दुई अध्यक्षबीच गम्भीर तहको असमझदारी नभएको जिकिर गरे ।
उनले प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर रअ प्रमुख सामन्तकुमार गोयलले गरेको भेटवार्तालाई कुटनीतिक हिसाबले धेरै अन्यथा लिन नहुने बताए ।
भारतसँगको सिमा विवाद समाधान हुने उनले विश्वास दिलाए । सांसद बस्नेतले प्रधानमन्त्री ओली स्थायी कमिटी र सचिवालयमा बहुमतमा रहेको जिकिर गरे । उनले भने, ‘संसदीय दलमा पनि हामीले प्रधानमन्त्रीको पक्षमा बहुमत नै सही गरेर बुझाईदिएको हो । यदि बहुमत थिएन भने प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव आईसक्थ्यो । त्यसकारण केही माइकलले हटाउन सक्दैन ।’
१५ कात्तिक २०७७, शनिवार ०६:१७ बजे प्रकाशित













