पशुपति र सरस्वतीको तिजगीत ‘मुन्छे झिल्के-झिल्के’ (भिडियो)


चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सरस्वती लामिछानेको तीजगीत ‘मुन्छे झिल्के–झिल्के’ सार्वजनिक भएको छ।

पशुपति शर्माको आधिकारिक युट्युब च्यानल पशुपति शर्माबाट सार्वजनिक भएको यो गीतले एक हप्ता नहुँदै ५ लाखभन्दा बढी भिजिटर पाएको छ।

गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ भने एरेन्ज तारानाथ आचार्यले गरेका छन्।

गीतको म्युजिक भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमले अभिनय गरेका छन्।

म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका छन् भने माधव श्रेष्ठको कोरियोग्राफी र नवीन घर्तीमगरको सम्पादन रहेको छ।

२० असार २०७७, शनिवार ०४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु