गायक प्रशान्त बि.क को ‘मेरो सुखमा मेरो दुखमा’ सार्वजनिक
नेपाली साँगेतिक बजारमा गायक प्रशान्त बि.क को मेरो सुखमा मेरो दुखमा बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित गायक तथा संगितकार ओम सुनारको शब्द संगित रहेको उक्त गीत विककै आवाजमा सजिएको छ ।
कैलालि घर भई भारतको मुम्बाइमा संगित सिक्दै गरेका विकको गीतको भिडियो निकै आकर्षक र लोभलाग्दो बनेको छ ।
चन्दु ताम्राकार र अस्मिता लामिछाने अभिनिति सो गीतको भिडियोलाई कुमार श्रेष्ठले निर्देशन गरेका हुन । गीतमा माया प्रेम कति गाढा र जीवन्त हुन्छ भन्ने कुरालाई निकै स्वादिलो ढंगले उठान गरीएको छ ।
भिडियो
https://www.youtube.com/watch?v=Z5QjnARDplY&feature=youtu.be
६ असोज २०७४, शुक्रवार ०२:१८ बजे प्रकाशित





