अलविदा थिन्ले लोन्डुप

काठमाण्डौँ । सुरुमा फिल्म खेल्न नमानेका थिन्लेले घरि घरि फिल्म खेल्ने प्रस्ताव आएपछि फिल्म खेल्ने आटँ गरे । अन्तः त्यही थिन्ले अभिनित चलचित्र ‘क्याराभान’ कालान्तरमा विश्व चर्चित बन्न पुग्यो । त्यही विश्व चर्चित फिल्म ‘क्याराभान’ का नायक ७२ वर्षका थिन्ले लोन्डुपको डोल्पा सदरमूकाम दुनैबाट गाउँ माथिल्लो डोल्पाको साल्दाङ फर्कदै गरेको अवस्थामा आइतबार घोडाबाट लडेर मृत्यु भएको छ । अन्त्येष्टि भने बौद्ध धार्मिक परम्पराअनुसार आज विहान ९ वजे टेकुस्थित पचलीघाटमा अन्त्येष्टि गरिएको छ ।
दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका भन्दै रेमिट्यान्सको भरमा देश चलिरहँदा ग्रामीण बस्तीमा भने अनेकखाले समस्या प्रकट हुन थालेकामा चिन्ता व्यक्त गर्थे उनी ।
डोल्पाको विकासका लागि उनले पटकपटक राजधानीमा गएर प्रधानमन्त्री र विकासे मन्त्रालयका प्रमुखसँग भेट गरे । उनी डोल्पालाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरी यहाँको समग्र विकास भएको हेर्न चाहन्थे ।
हेरौँ चलचित्रको बारेमा उनसँग गरिएको कुराकानी
https://www.youtube.com/watch?v=0z0cFJMCp9s
१७ वैशाख २०७३, शुक्रवार १५:५५ बजे प्रकाशित