मधेस आन्दोलन समाधानका लागि सर्वदलिय/सर्वपक्षीय छलफल
काठमाण्डौँ । संविधानका अन्र्तबस्तुमा असहमती जनाउँदै आएका संघिय गठबन्धनका माग संवोधनका लागि सर्वदलिय/सर्वपक्षिय छलफल हुँदैछ । शनिवार बिहान ९ बजे हुने छलफलप्रति गठबन्धनमा आवद्ध दलहरुले भने सहभागिता नजनाउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा पत्रकारहरुसँग सर्वदलिय बैठक आव्हान गरिएको बारे जानकारी गाएका छन । सहमती जजिकै पुगेर रोकिएको भनिएको वार्ता लामो समयदेखी हुन सकिरहेको छैन । तर द्धभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्रिले सर्वदलिय बैठक आब्हान गरेकाले सहभागी हुने सम्भावना कम रहेको बताए ।
मधेसी मोर्चा वा गठबन्धनका प्रतिनिधिलाई बोलाउनुपर्नेमा त्यसो नगरिएकाले सार्थकता पाउनेमा शंका उब्जेको उनको भनाई छ । गठबन्धनले तराईमा दुई प्रदेश हुनुपर्ने तथा जतिय पपिहचानका आधारमा संघिय प्रदेशको नामाकरण हुनुपर्ने लगायतका अडान राख्दै आएको छ ।
१७ वैशाख २०७३, शुक्रवार १५:०२ बजे प्रकाशित