राजतन्त्रका पक्षधर सहायकमन्त्री विष्ट पदमुक्त, रेशम लामा नियुक्त

bistaकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदमुक्त गरेका छन् । नयाँ सहायकमन्त्रीमा रेशम लामा नियुक्त भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केहिदिन अघि पार्टी नेता विष्टलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । राप्रपा नेपालको आग्रह अनुसार प्रधानमन्त्री ओलीले सहायकमन्त्री विष्टलाई पदमुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले राप्रपा नेपालको सिफारिसमा विष्टको स्थानमा लामालाई सहायकमन्त्री नियुक्त गरेका छन् ।

१५ वैशाख २०७३, बुधवार १०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु