अनसन बसेका यूवाहरुको स्वास्थ्य अवस्था नाजुक

Rojgariकाठमाण्डौ । स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै काठमाण्डौँको खुलामञ्चमा आमरण अनसनमा बसेका यूवाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।  राज्यले देशमै उचित रोजगारी दिन नसकेको भन्दै चारदिनदेखि आमरण अनसनमा बसेका यूवाहरुमध्ये केहीको अवस्था नाजुक बन्दै गएको हो । रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानमार्फत योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेर १२ जना यूवाहरु बुधबारदेखि काठमाण्डौको खुलामञ्चमा आमरण अनसनमा छन् ।  अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल, आमरण अनसनमा छन् ।
विभीन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनसनप्रति ऐक्यवद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनसनप्रति कुनै सुनुवाई नगरेको अनसनरत यूवाहरुको भनाई छ ।

१८ वैशाख २०७३, शनिवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु