सरकार वर्तमान तत्कालिन समस्या संवोधनमा सुस्त

Sarbadilaya-meetकाठमाण्डौँ । संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका नेताहरुले संविधान कार्यान्वयन र पुननिर्माणमा अपेक्षित काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आब्हान गरेको सर्वदलिय बैठकमा नेताहरुले संसद्लाई प्रभावकारी बनाउन र भूकम्प पिडितहरुलाई जतिसक्दो छिटो आवास निर्माण गर्न सरकारलाई आग्रह गरेका छन ।  आन्दोलनरत संयुक्त गठबन्धनले उठाएका जायज माग सम्बोधन गरेर अघि बढ्नुपर्ने सुझाव पनि दिएका छन ।  बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा यसवर्षको वर्षाअगावै पीडितले ओत नपाउने सङ्केत देखिएको बताए । बजेट आउनुपूर्व घनीभूत छलफल गरेर आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरिएको बताए ।  एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले संसद् अधिवेशन र भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउने तथा मधेसमा आन्दोलनरत दलसँग वार्ताका विषयमा छलफल भएको जानकारी दिए ।
काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मधेस आन्दोलन समाधानमा उदासिन भएकोबारे सरकारलाई सचेत गराइएको बताए । सरकारले एकतर्फी रुपमा उच्चस्तरीय राजनीतिक समिति गठन गरेकाले त्यसप्रति नै शंका उब्जेको टिप्पणी गरे । बैठकमा प्रधानमन्त्रि केपी शर्मा ओलीले सबै दलहरुलाई पुननिर्माणमा एक जुट भएर लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आजै सबै मन्त्रालयका सचिबहरुलाई पुननिर्माणमा प्रभाबकारी भूमिका निर्बाह गर्न सामूहिक निर्देशन समेत दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आदिबासी जनजाति दल सहभागी संघीय गठबन्धन भने प्रधानमन्त्रीले आव्हान गरेको सर्बदलीय बैठकमा सहभागी भएन ।

१८ वैशाख २०७३, शनिवार १५:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु