यसबर्ष कोरीयाली भाषा परीक्षाका लागि ६० हजार ६७८ को आबेदन

timthumbकाठमाण्ठौँ । यसबर्ष कोरीयाली भाषा परीक्षाका लागि ६० हजार ६७८ जनाले दरखास्त फारम भरेका छन । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षामार्फत यसवर्ष नेपाली कामदार लैजाने कोटा घटाइएको भएपनि दरखास्त दिनको सङ्ख्या भने उल्लेख्य बढेको छ ।  सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि गएको बुधबारदेखि आजसम्मको अवधिमा  उपत्यकाभित्रबाट ३१ हजार ४८८ र उपत्यका बाहिरबाट २९ हजार १९० जनाले आवेदन दिएका इपएिस कोरिया शाखाले जनाएको छ । यसवर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थान सहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र तोकिएको थियो ।  जम्मा तीन हजार १ सय कामदार भाषा परीक्षा मार्फत उत्तीर्ण गराइने इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।  गएको ८ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएकामा ५१ हजार ४९९ ले मात्रै दरखास्त दिएका थिए । पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा परीक्षा संचालन हुनेछ । अन्य परीक्षार्थीले भने राजधानीबाट परीक्षा दिनुपर्नेछ । परिक्षा आउँदो असार ४ र ५ गते हुनेछ ।

१८ वैशाख २०७३, शनिवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु