काउन्सिलको रिक्त पदमा तीन सदस्य नियुक्त

IMG_00311प्रेस काउन्सिलको रिक्त सदस्यमा ३ जना पत्रकारले नियुक्ती पाएका छन ।  सूचना तथा सञ्चार मन्त्रालयको निर्णय बमोजिम पत्रकार गोविन्दप्रसाद चौलागाईं, दिपक पाठक र शुभेच्छा विन्दु तुलाधरलाई सदस्यमा नियुक्ती दिइएको छ । उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ । चौंलागाई नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला अध्यक्ष र तुलाधर क्रियाशील महिला पत्रकार संघकी अध्यक्ष हुन् । पाठक मार्गदर्शन दैनिकका सम्पादक हुन् ।

१८ वैशाख २०७३, शनिवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु