भारत र चीनका सैनिकबीच भिडन्त (हेर्नुहोस भाइरल भिडियो)

भिडियोमा नदीको किनारमा दुई देशका सैनिकहरु लात्ती, मुड्कीका भरमा भिडिरहेको देख्न सकिन्छ ।
लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियोमा नदीको किनारमा दुई देशका सैनिकहरु लात्ती, मुड्कीका भरमा भिडिरहेको देख्न सकिन्छ।
तर, सो भिडियो जुन १५ को भिडन्तभन्दा पहिलेको भएको चिनियाँ सैन्य स्रोतलाई उधृत गर्दै एससीएमपीले जनाएको छ।
जुन १५ को गलवान नदीनजिक भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो। चीनले भने आफ्नोतर्फ भएको क्षतिको विवरण दिएको छैन।
भिडियोमा चिनियाँ सैनिकहरुले लाठी लिएका छन्। भारतीय सैनिकमध्ये केहीले पिठ्युँमा बन्दुक पनि भिरेका छन्।
मे महिनादेखि नै चीन र भारतबीच तनाव जारी छ।
यसैसाता चार दशकपछि भारतचीन सीमामा गोली चलेको छ। तनाव कम गर्न दुई देशका सैन्य तथा कूटनीतिक अधिकारीहरुबीच वार्ता भइरहेको छ। शुक्रबार मात्रै चीन र भारतका रक्षामन्त्रीबीच रुसमा वार्ता भएको थियो। तर, त्यसबेला पनि सीमामा तनाव जारी रहेको थियो।
चिनियाँ विदेशमन्त्री वाङ यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच मस्कोमै वार्ता हुने बताइएको छ। -एजेन्सी
२४ भदौ २०७७, बुधवार २२:२६ बजे प्रकाशित