मायालु जोडीलाई “प्रेमगीत”को टिजर : यस बर्षको ‘भ्यालेन्टाइन डे’लाई उपहार !

12063690_10156207302675473_2121319909316029503_n

यस बर्षको प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’मा तपाई आफ्नो प्रेमी या प्रेमिकालाई कुनै उपहार दिन चाहुनुहुन्छ ? यदि चाहनुहुन्छ भने सम्झिनुस त्यो उपहार तयार भइसकेको छ, केवल तपाईका लागी ।

तपाईले साचोँ पे्रम गर्नेका लागी त्यो उपहारको पहिलो झल्को अर्थात टिजर मंगलबार सार्वजनिक भएको छ। प्रेम गर्ने मात्र होइन् यो बुझ्ने र बुझाउने पनि अचुकको मन्त्र हो । संसारमा कुनै पनि कुरा यदि महत्वपूर्ण र आफ्नो लाग्छ भने त्यो प्रेम नै हो ।

त्यही प्रेमलाई आफ्नै आभास गराउने फिल्मको टिजर मंगलबार सार्वजनिक भएको हो ।“आसुसेन फिल्मस”को दोश्रो प्रस्तुतिका रुपमा यो फिल्मको टिजर सार्वजनिक भएपनि यसको प्रदर्शन भने यस बर्षको ‘भ्यालेन्टाइन डे’को दिनमा हुने छ।

जुन तपाईको सजिलै आफ्नो प्रेम-प्रेमिका र हुन चाहनेका लागी समेत एउटा “वर्कशप” बन्न सक्छ । अझ महत्वपूर्ण कुरा त तपाईले प्रेमलाई कसरी बुझ्नु भएको छ ? तपाईको प्रेम के कारणले सफल र उत्कृष्ट अनि के कारणले सही ढंगले अगाडी बढ्न सकेको छैन् । यसको सही उपाय ‘प्रेमगीत’ बन्नेछ । जसले तपाईको प्रेमलाई जिवन्त र त्यसको महत्व बुझ्न लगाउनेछ ।

नेपाली फिल्म जगतमा प्रेमसम्बन्धिका थुप्रै फिल्म बनेपनि सफल भने कमै मात्र भएका छन् । त्यसमा पनि औलामा गन्ने केही मात्र छन् । तर पछिल्ला दिनहरुमा वास्तविक प्रेमको गहिराईमा छिरेर कमै मात्र फिल्म निर्माण भएका छन् । यस्तो अवस्थामा तपाईलाई फिल्म प्रतिको विश्वास पनि यो फिल्मले दिन सक्नेछ ।

युवायुवती केन्द्रित र त्यसमा पनि उनीहरुको प्रेमलाई मजबुत पार्न यो फिल्मको निर्माण गरिएको निर्माण पक्षको दाबी छ ।  यसअघि राष्ट्रभक्ति फिल्म “चंखे शंखे पंखे” बनाएर सफल भएको आसुसेन फिल्मस प्रोडक्सनले युवायुवतीलाई आफ्नो व्यानरमा विश्वास दिन सक्नेछ ।

के छ प्रेमगीतमा ?

म यस्तो गीत गाउछुँ, जुन प्रेमगीत बनोस
हर माया गर्ने जोडीले आफ्नै गीत भनोस

प्रस्तुत गीत भएको यो टिजर मात्र ५४ सेकेन्डको छ । यसको निर्देशन सुदर्शन थापाले गरेका छन् भने निर्माण सन्तोष सेनले गरेका छन् । यसअघि ‘चंखे शंखे पंखे’को सफल प्रदर्शनबाट हौसिएको यो निर्माण युनिटले दर्शकका लागी  भनेर  यो प्रेम दिवसको दिनका लागी उपहार भनेका छन् ।

यसअघि राष्ट्र र राष्ट्रियता जगाउने फिल्म ‘चंखे शंखे पंखे’ प्रर्दशनमा ल्याएर युवाहरुको वास्तविक शक्तिलाई राष्ट्रनिर्माणमा जोड्ने अथक प्रयास  गरेका निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाले त्यसलाई निरन्तरताका रुपमा यस फिल्मलाई लिएका छन् । यो पिल्ममा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।

12088062_10156207302720473_4750313422077955830_n

आम युवायुवतीको मुटुमा यो गीतले राम्रै प्रेमको प्रभाव जमाउने पनि अनुमान गर्न सकिन्छ । किनकी आफ्नो प्रेमलाई जसले जति माया गर्छ नि, यो गीतले त्यसलाई जिवन्त समेत राख्छ ।

यसअघि दिर्नेशनमा सफल भएर उत्कृष्ट निर्देशकको अवार्ड समेत जितिसकेका निर्देशक सुदर्शन थापाका लागी प्रेमगीत अग्निपरिक्षा पनि हो । किनकी उनले यो यसअघि धेरै युवायुवती मन पराएको फिल्म ‘मेरो एउटा साथी छ’ भन्दा उत्कृष्ट भएको यही फिल्मको टिजर रिलिजकका क्रममा बताइसकेका छन् ।

यस्तैमा यसअघि चंखे शंखे पंखेलाई महंगो बजेट खर्च गरेर निर्माण गरेका निर्माता सन्तोष सेनका लागी यो फिल्म प्रेमगित अर्को प्रयास हो । उनले यो फिल्ममा डिजिटल प्रविधिको प्रयोग गरेर छायांकन गरेको पनि दाबी गर्छन् ।

नेपाली फिल्मको गुणस्तर सुधार्नेमा धाउन्नमा लागिपरेका युवा निर्माता सेन यो फिल्ममा दर्शकले नेपाली फिल्मको गुणस्तर बृद्धि भएको पनि पाउने बताउँछन् ।

निर्माता निर्देशकले भनेजस्तै यो फिल्म साच्चिकै उत्कृष्ट छ ? या हरेक प्रेम जोडीले एक अर्कालाई समर्पण गर्छन् ? त्यो भने हेर्न बाँकी छ । यसका लागी हरेक प्रेमजोडीको उत्कृष्ट दिन यस बर्षको भ्यालेन्टाइन दिन नै कुर्नुपर्छ ।

हेर्नुहोस “प्रेमगीत”को टिजर (भिडियोमा)

https://youtu.be/xnO9mjBTEZc

२६ असोज २०७२, मंगलवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु