सभामुख उपसभामुख चयनको बाटो खुल्यो
इपब्लिक संबाददाता, काठमाण्डौँ । नयाँ संविधानमा व्यवस्था भए अनुसार सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले पदबाट राजिनामा दिएका छन । सभामुख र उपसभामुखको राजीनामा पछि संसद सचिवालयले पनि निर्वाचन कार्यतालिका तय गरेको छ । सार्वजनिक भएको कार्यतालिका अनुसार भोलीसम्म दलहरुले राजनितिक सहमतीका आधारमा सभामुख र उप–सभामुख चयन गर्नपर्छ । नभए पर्सी ब्यवस्थापिका संसदमा मतदान हुने छ ।
२७ असोज २०७२, बुधवार १४:५६ बजे प्रकाशित