सरकारलाई सघाउन दाहाल नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन

इपब्लिक संबाददाता, काठमाण्डौँ ।सरकारलाई सघाउन एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सरकारमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठकले ११ समिति गठन गरेको हो । समितिमा एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र विद्या भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा संयुक्तका अध्यक्ष गणेश साह छन् ।
अन्य दलबाट नामावली तय हुन बाँकी छ । बैठकपछि एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि खनालले सरकार र दलहरुबीचको समन्वय साझा नीति तथा कार्यक्रम निर्धारण र सरकारको सुसञ्चालनका लागि समितिले काम गर्ने बताए ।

२८ असोज २०७२, बिहीवार १५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु