एनआरएनएको अध्यक्षमा कार्कीलाई हराउँदै घले दोस्रो कार्यकालका लागि निर्वाचित

इपब्लिक संबाददाता, काठमाण्डौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा शेष घले निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी टिबी कार्कीलाई पराजीत गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । बिहीबार राजधानीको सोल्टी होटलमा भएको निर्वाचनमा घलेले ८ सय ६७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कार्कीले भने २ सय ६७ मत प्राप्त गरेका छन् । अध्यक्षका उमेदवार रतन झाले घलेलाई सघाउँदै उमेदवारी फिर्ता लिएका थिए । उपाध्यक्षमा भवन भट्ट र कुमार प्रसाद पन्त बिजयी भएका छन् । भट्टले ५ सय ३८ र पन्तले ५ सय १३ मत पाए । त्यस्तै महासचिबमा बद्री केसी ५ सय ५५ मतका साथ विजयी भए । कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सचिवमा अर्जुनकुमार श्रेष्ठ निर्वा्चित भएको समितिले जनाएको छ । एनआरएनएको २२ पदका लागि ५९ जनाको उमेद्वारी परेको थियो । अन्य पदको मतगणना जारी छ । अगामि दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । लमजुङको घनपोखरा गाविसमा जन्मिएका घले अष्ट्ेरलियका ९९ औं धनीमा पर्छन् । उनको शिक्षा, घरजग्गा र होटलमा लगानी छ ।

२८ असोज २०७२, बिहीवार १५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु