राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गरौँ : राष्ट्रपति यादव
इपब्लिक संबाददाता, काठमाण्डौँ । राष्ट्रपति रामवरण यादवले धोती, टोपी, लगौँटी, लुँगी, बक्खु, कछाड लगाउनेहरु सबै एकै रहेको बताएका छन । उनले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गर्न विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गरे । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा उनले आगामी दिनमा भूकम्पपछिको पुनःनिर्माणमा एनआरएनएको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।
भूकम्पले देशका केहि क्षेत्रका जमिन चीरा परेको भएपनि नेपालको मन एकताबद्ध भएकोले अब ज्ञान, सीप र प्रविधिको सहयोगबाट मुलुकको मुहार फेर्न सक्ने प्रशस्त सम्भावना रहेको उनले बताए । यादवले नयाँ संविधान कार्यान्वयन सम्म पुग्दा असन्तुष्टहरु सबैको आवाज सम्बोधन हुने आशा राखेको जनाए । राष्ट्रपति यादवले आफुले दिएको सुझाव यसअघिको सरकार र संविधान निमार्णमा निर्णायक भुमीका निर्वाह गरेका राजनितिक नेतृत्वले नसुन्दा केही समस्या भएको उल्लेख गरे ।
२९ असोज २०७२, शुक्रवार १४:४२ बजे प्रकाशित