ओनसरी नेपालकै पहिलो महिला सभामुखमा निर्विरोध निर्वाचित

इपब्लिक संबाददाता, काठमाण्डौँ । सभामुखमा ओनसरी घर्ती र उप–सभामुखमा गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन । नेपाल मजदुर किसान पार्टीका तर्फबाट सभामुखमा उमेरदवारी दिएका अनुराधा थापा र उप–सभामुखमा उमेरदवारी दिएका डिल्लीप्रसाद काफ्लेको उम्मेदवारी फिर्ता भएपछि दुबै जना निर्विरोध निर्वाचित भएका हुन । एमाले अध्यक्ष केपी शर्मावली नेतृत्वको सरकारलाई समर्थन गरेको नेमकिपाले दुबै पदमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिएकाले एकीकृत नेकपा माओवादीकी घर्ती सभामुखमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका यादव उप–सभामुखमा निर्वाचित भएको संसदका जेष्ठ सदस्य लक्ष्मण राजवंशीले घोषणा गरे ।  घर्ती नेपालकै पहिलो महिला सभामुख बनेकी छन । घर्ती यसअघि उप–सभामुख थिइन । झलनाथ खनाल नेतृत्वको सरकारमा घर्ती युवा तथा खेलकुदमन्त्री भएकी थिइन । एमाले सांसद् विद्या भण्डारीको प्रस्ताव र राप्रपा नेपाल सहितका दलको समर्थनमा घर्ती निर्विरोध निर्वाचित भएकी हुन ।

२९ असोज २०७२, शुक्रवार १५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु