मुलुकले केही दिनमै निकास पाउँछ : प्रम ओली

इपब्लिक संबाददाता, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा जारी समस्या केही दिनमै समाधान हुने बताएका छन । अहिलेको कष्टको श्रृंखला छिट्टै अन्त्य हुने र आगामी दिनमा अनुत्तरदायीपूर्ण बन्द हडताल जस्ता गतिबिधि हुन नदिनेतर्फ सरकारले ध्यान दिने बताए ।  नेपाल उद्योग वाणिज्य संघको नेतृत्वसंग  आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतको अघोषित नाकाबन्दीका कारण नेपाली जनतालाई परेको असर बारे आफू जानकार रहेको भन्दै कुटनीतिक रुपमा समस्या समाधानको पहल भइरहेको जानकारी गराए ।  उद्योग वाणिज्य संघको टोलीले भने इन्धन आपूर्ति बन्द हुँदा उद्योग क्षेत्र धरासायी भएको भन्दै चाँडो निकास खोज्न आग्रह गरेका थिए । लामो आन्दोलन, बन्द र हड्तालका कारण उद्योग व्यवसाय बन्द हुँदै गएको र तत्काल निकास नस्किए सबै उद्योग बन्द हुने चेतावनी दिए ।

२ कात्तिक २०७२, सोमवार ०९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु