यू–१९ विश्वकप छनोट क्रिकेटमा अमेरिकालाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
इपब्लिक संबाददाता, काठमाण्डौँ । अन्डर–१९ बिश्वकप क्रिकेटको छनोट खेलमा अमेरिकालाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
मलेसीयाको क्वालालाम्पुरमा रहेको किनररा ओभल मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको हो ।
जितसँगै ३ खेलबाट ६ अंक जोडेको नेपाल समूह चरणको अन्तिम खेल अघि नै फाइनलमा पुगेको छ । समान ६ अंक जोडेको आायरल्याण्ड पनि फाइनलमा पुगेको छ । प्रतियोगिताको राउण्ड रोबिन लिगको चौथो तथा अन्तिम खेलमा नेपालले अब आयरल्याण्डसंग प्रतिपर्धा गर्नेछ । अर्को बंर्ष बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउन नेपालले आयरल्याण्डलाई हराउनु पर्नेछ ।
पहिले ब्याटिङ गरेको अमेरिकाले ३५ ओभरमा ७ विकेट गुमाएर ८० रन बनाउँदा खेल वर्षाले अवरुद्ध भएके थियो । । त्यसपछि ४८ ओभरमा छोट्याइएको खेलमा अमेरिकाले सबै विकेट गुमाएर १०९ रन बनायो ।
डीलए मेथडका आधारमा नेपालले ४८ ओभरमा १०९ रन बनाउनु पर्ने लक्ष्य पायो । योगेन्द्र सिंह कार्कीको अर्धशतकको मदतमा नेपालले मात्र १७.५ ओभरमा ४ विकेट गुमाएर जित हात पा¥यो । छक्का हान्दै नेपाललाई जित दिलाएर शौरभ खनाल १६ र योेगेन्द्र ५३ रनमा अविजित रहे । सुनिल धमलाले १७, शंकर रानाले २० रन बनाए । दिपेन्द्र सिंह ऐरी मात्र ५ र कप्तान राजु रिजाल ६ रनमा आउट भए ।
२ कात्तिक २०७२, सोमवार ०९:१८ बजे प्रकाशित