परराष्ट्रमन्त्री थापा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
इपब्लिक संबाददाता, काठमाण्डौँ । उप–पधान तथगा परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री निवास रेसकोर्समा भएको भेटमा मोदीले आन्तरिक समस्या समाधान गरेर नाका सहज बनाउन भनेका छन । मोदीले सहज भएको नाकाबाट निर्यात बढाउने आश्वासन पनि दिएका छन् ।भेटमा मोदीले अरु राजनीतिक समस्यालाई समाधान नगरी सम्बन्धको सबै आयाम फराकिलो हुन नसक्ने जवाफ दिएको भेटमा संलग्न अधिकारीले जानकारी दिए । जवाफमा परराष्ट्रमन्त्री थापाले आन्तरिक समस्या मिलाउनको लागि सरकारले संवाद र समझदारी अघि बढाएको बताए ।
२ कात्तिक २०७२, सोमवार ०९:५१ बजे प्रकाशित