फिक्का आश्वासन लिँदै स्वदेश फर्किए परराष्ट्रमन्त्री थापा

इपब्लिक संबाददाता, काठमाण्डौँ । भारतको नाकाबन्दी खुलाउने प्रयास गर्न भन्दै दिल्ली गएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा फिक्का आश्वासन लिँदै स्वदेश फर्किएका छन । राजधानी फर्किएपछि पत्रकारहरुसंग कुरा गर्दै मन्त्रि थापाले आफ्नो तर्फबाट आवागमन र इन्धन आपूर्तिमा कुनै अवरोध नहुने भारतीय आश्वासन लिएर आएको बताए । उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले आवागमन र इन्धन आपूर्तिमा देखिएको असहजबारे आफुले नेताहरुसँग गम्भीरताका साथ कुरा उठाएको जानकारी गराए ।  भारतीय नेताहरुले नेपालको समस्याप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको भन्दै थापाले आपूर्ति व्यवस्थालाई सहज बनाउन कुनै पनि अवरोध गर्नने आश्वासन पाएको र भारतिय अधिकारीहरुले  सहज भएका नाकाहरुबाट ािमान लैजान सक्नुहुन्छ भनेको जानकारी गराए ।
थापाका अनुसार भारतीय अधिकारीहरुले उपलब्ध नाकाहरु नजिकका डीपोहरुबाट तेल लैजान भारतले सुझाएका छन ।  थापाले नेपाल र्फकनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए ।

२ कात्तिक २०७२, सोमवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु