धनगढीमा अहिंसा पदयात्रा

इपब्लिक संबाददाता, काठमाण्डौँ । पशुको बलिका विरुद्धमा सोमवार धनगढीमा अहिंसा पदयात्रा निकालिएको छ । देवीदेवताका नाममा पशुको बलि दिने प्रथा रोक्नुपर्ने माग गर्दै थानीय ट्राफिक चौराहाबाट सुरु भएको पदयात्रा बजारका विभिन्न भाग हुँदै पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।  ‘निर्दोष प्राणीको बलि नदिऊँ, विकार र विकृतिको बलि दिऊ’ भन्ने नारा सहित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीले पदयात्रा निकालेको हो ।  पदयात्राका सहभागीले प्राणी हत्या महापाप हो, शाकाहारी भोजन खाऔँ, निरोगी बनौँ लगायत बलि प्रथाविरुद्ध लेखिएका चेतनमूलक प्लेकार्ड बोकेका थिए ।

२ कात्तिक २०७२, सोमवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु