८ टिप्स – जसले कोरोना भगाउँछ

सीता बख्रेल

काठमाडौं । कोरोना भाइरस (कोभिड २०१९) विश्वव्यापी महामारीको रुपमा देखा परेको छ । लाखौ मानिसले ज्यान गुमाइसकेका छन् । कैयौं निको भएर घर फर्किइसकेका छन् भने सर्तकता अपनाउँदा कैयौंलाई यो रोगले असर गरेको छैन् ।

यो लेखमार्फत कोरोना भाइरसबाट बच्न के गर्न सकिन्छ ? कसरी सर्तकता अपनाउने ? भनेर आठ वटा टिप्स दिएकी छु । जसले कोरोना भगाउँछ वा लागेर पनि त्यसले केही गर्न सक्दैन ।

कोरोनाकै सन्दर्भमा बुझ्नु पर्ने पहिलो कुरा– कोरोना भाइरसको औषधि पत्ता लागेको छैन् । सर्तकता अपनाउनु नै मुख्य औषधि हो ।

अस्पताल गए लक्षणका आधारमा औषधि दिन्छन् । उदाहरणका लागि रोइनो भाइरसले भेट्दा रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, पातलो सिगान बग्ने जस्ता लक्षण देखा पर्छ । र अस्पताल जाँदा त्यसकै औषधी दिन्छ ।

अब कोरोना भाइरस, राइनो भाइरस वा अन्य रोगबाट बच्ने अचुक उपाय हो – रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने । रोगप्रतिरोधात्मक क्षमता बलियो भयो भने हत्तपत्त कुनैपनि भाइरस ब्याक्टेरिया हाम्रो शरिरमा प्रवेश गरेपनि त्यसले गाल्न सक्दैन ।

रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?

रोगप्रतिरोधात्मक क्षमता बढाउन बढाउन सके कोरोना भाइरस जस्तो रोगलाई जित्न सकिन्छ भनिरहँदा कसरी बढाउने त यो ? भन्ने लाग्न सक्छ । त्यसका लागि निम्नानुसार टिप्सहरुको फलो गर्न सक्नुहुन्छ ।

एक गिलास दुध

रोगप्रतिरोधात्मक क्षमता बढाउन नियमित बिहान बेलुका १ गिलास दुधमा १ चम्चा बेसारको धुलो मिसाएर खाने (जस्ले शरिरमा भएको दुखाई कम गरि शरिरलाई मजबुत बनाउछ)। बृद्धबृद्धामा, बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकोले यसलाई निरन्तरता दिन आवश्यक हुन्छ ।

लालिगुराँसको फुल सेवन

लालिगुराँस फुल टिप्ने र सुकाउने र ति सुकाईएको फुल पानीमा ३० मिनेट भिजाएर दिनको १ पटक पिउने । यसले पनि मानिसमा रोगप्रतिरोधात्मक क्षमता बढाउछ ।

यो लालिगुराँसको फुल पाउने समय पनि हो । हामीले सहजै यसलाई प्राप्त गर्न सक्छौं । फुल सुकाएर पछिका लागि समेत संचित गर्न सक्छौं ।

सन्तुलित भोजन

मौसमअनुसार फलफुल र तरकारी खाने । खानामा भात भन्दा बढि तरकारी रोटी सलादहरु प्रयोग गर्ने । (जसबाट सन्तुलित भोजनको मात्रा पुग्छ) ।

खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । यस्तो खानपान गरौं, जो शरीरका लागि होस् । अर्थात जिब्रोको लागि होइन । शरीरलाई विभिन्न किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ । त्यस्ता पौष्टिक तत्व खानाको माध्यामबाट प्राप्त हुन्छ । त्यसकारण रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित भोजन अनिवार्य शर्त हो ।

तुलसी पानी

बिहान खालि पेटमा तुलसिको पात र मनतातो पानी पिउने । (जसले ग्यास्टिक हटाउने र रोगसँग लड्ने क्षमता बढछ । तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन एकदम सहयोग गर्छ । हरेक दिन विहान ३ वा ४ वटा तुलसीको पात सेवन गर्नुपर्छ, फाइदा मिल्छ ।
यस्तै, बदाम र काजु भिजाएर दिनमा १ पटक सेवन गर्नाले पनि रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

धुम्रपान मधपान बन्द

धुम्रपान मधपान सुर्तीजन्य पदार्थ बाट टाढा रहौं । यसले त क्यानसर जस्ता अनेक रोगलाई पो निम्त्याउँछ ।

बरु पानी पिउँ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । फलफूलमा पनि पानीको मात्रा बढी हुन्छ ।

नियमित ब्यायाम र ध्यान

बिहान ३० मिनेट शारिरीक ब्यायाम अर्थात योग गर्ने । ब्यायामले पनि मानिसलाई तन्दुरुस्त र रोगसँग लड्ने क्षमता विकासमा धेरै मद्धत गर्दछ ।

यस्तै, हाम्रो मनमा भएको डर, चिन्ता, भय हटाउनको लागि ध्यान गर्न सक्छौं । प्रत्येक दिन १ घन्टा ध्यान गरौं ।

मनलाई शान्त र आनन्दित तुल्याउन, मनको शान्तिका लागि प्राणायाम, ध्यान जस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

सूचनाप्रति चनाखो

साथसाथै नियमित रेडियो सुन्ने पत्रपत्रिका पढ्ने टेलिभिजन हेर्ने गर्नुपर्दछ । यसले गर्दा कहाँ के भइरहेको छ ? सरकारले के गरिरहेको छ ? कुन देशमा कसरी यो रोग कम हुँदै गएको छ ? कस्ता कस्ता उपायहरु अवलम्बन गरेका छन ? भन्ने जानकारी वा सूचना प्राप्त गर्न सकिन्छ । र आफ्नो जीवनमा लागू गर्न सकिन्छ । त्यसकारण सूचनाप्रति चनाखो हुनुपर्दछ ।

अन्त्यमा

हामी किन रोगी हुन्छौ ? हामी किन कमजोर हुन्छौं ? हामी किन शिथिल हुन्छौ ? हामी किन जिर्ण हुन्छौ ? यसको एकमुष्ठ जवाफ हो, शरीरको रोग प्रतिरोधात्मक क्षमता घटेर ।

त्यसकारण माथि दिइएका टिप्सहरुको प्रयोग गरौं, प्राकृतिक विधीबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाऔं । कोरोनाबाट मात्रै नभएर अनेकन भाइरस र रोगबाट बचौं । बाचुन्जेल स्वस्थ रहौं ।

१८ वैशाख २०७७, बिहीवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु