३८ औँ प्रधानमन्त्रिमा केपि ओली
इपब्लिक संबाददाता, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवम संसदीय दलका नेता केपि शर्मा वली ३८ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन ।
संसदमा रहेका कुल सदस्य मध्ये ५८७ सांसदले दिएको मतमा ओलीले ३३८ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी कांग्रेस सभापति शुशील कोईरालाले २४९ मत प्राप्त गरे । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरुसंग ओलीले प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले शान्ति सु–व्यवस्था र रचनात्मक काममा आफ्नो ध्यान केन्द्रीत गर्ने बताए ।
२४ असोज २०७२, आइतवार १७:३५ बजे प्रकाशित