भुकम्प पिडितका लागी वितरित राहतमा राजनितिकरण भएको ठहर

इपब्लिक संबाददाता, काठमाण्डौँ । बैशाख १२ गते गएको विनाशकारी भुकम्प पछि वितरित राहातमा व्यापक राजनीतिककरण भएको पाइएको छ ।युवराज सफल नेतृत्वको ३३ दलीय राष्ट्रिय मोर्चा नेपालको केन्द्रीय अनुगमन तथा निरीक्षण समितिले सिन्धुलीको डाडी गुँरासे गाविसमा गरेको अध्ययनले बोल्न नसक्ने ,राजनीतिक रुपमा स्वतन्त्र रहेका नागरिकलाई राहात वितरणमा छुटाइएको देखाएको छ ।
अध्ययन पश्चात भुकम्प पीडित तथा राहात वितरण कार्यक्रम सिन्धुलीको प्रतिवेदन सार्वजनिक गर्दै मोर्चाले सत्तामा रहेका मुख्य दलहरुकै प्रतिनिधिद्धारा नक्कली पीडितलाई पनि पीडित बनाई राहात उपलब्ध गराएको पाईएको जनाएको छ । दलहरुले सत्ताको दुरुपयोग गरी पार्टीकरण गरेको जनाइएको छ ।
प्रतिबेदनमा भुकम्प पश्चात पहिलो चरणमा ५१ घरधुरीलाई मात्र भुकम्प पीडित भनिएको र पछि इन्जिनिएरको टोली गएपछि थप गरी ६३३ जनालाई राहात वितरण गरेको उल्लेख छ । तर अझै डाडी गुँरासे गाविसका वडा नम्बरमा १ मा ६१, २ मा ४६ ,३ मा ३० ,५ मा ३३ ,६ मा १३ ,७ मा ३९ ,८ मा १५० र ९ मा ४८ गरी कुल ४३३ घर धुरीले राहात नपाएको उल्लेख गरिएको छ । अहिलेसम्म गाविसवाट भुकम्प पीडितको नाममा ६३३ घरधुरीले राहात स्वरुप जनहि १५ हजार पाएका छन ।
यसैबिच मोर्चाले १४ जिल्लामा वितरित राहत सामग्रीका सम्वन्धमा छानविन गर्न अख्तियारमा जाने निर्णय गरेको छ ।
सिन्धुलीको डाडी गूँरासे गाविसमा गरिएको स्थलगत अध्ययन पश्चात मोर्चाले भुकम्प अति प्रभावित १४ वटै जिल्लामा डाडी गूँरासेमा जस्तै अनियमितता भएको हुन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको माग राख्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । दोषी देखिएकालाई कार्वाही गर्न अख्तियारमै उजुरी दर्ता गरी कार्वाही गराई पीडितको पक्षमा उभिने निश्कर्षमा पुगेको मोर्चाका संयोजक सफलले जानकारी दिए ।

२३ असोज २०७२, शनिवार १५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु