नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति कोईराला र एमाले अध्यक्ष ओलीको उम्मेदवारी, कोईरालाको संभावना क्षिण
रघुनाथ बजगाँई, काठमाण्डौँ । नयाँ प्रधानमन्त्रिका लागी नेपाली कांग्रेसका सभापति शुशील कोईराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी परेको छ । तर निवर्तमान प्रधानमन्त्रि कोईराला नयाँ पधानमन्त्रिमा निर्वाचित हुने संभावना क्षण बन्दै गएको छ । संसदमा एमालेको १८३, एकिकृत माओवादीको ८३, राष्ट्रिय प्रंजातन्त्र पार्टी नेपालका २५ सांसद छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा मालेको ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २, बहुजन शक्ति पार्टीको १, नेपाली जनता दलको १ जना सांसद छन । यसरी एमाले बाहेकको सर्मथन पछि ओलीको पक्षमा ३१५ जना सांसद् संख्या पुग्ने देखिएको छ । नेपाल परिवार दलले पनि ओलीलाई समर्थन गरेपछि भने ओलीको पक्षमा ३२४ सांसद् पुग्ने देखिएको छ । नेपाल मजदुर किसान पार्टी र नेकपा संयुक्तले पनि ओलीलाई समर्थन गर्ने जनाइसकेका छन । भोलि बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीको निर्बाचन हुनेछ । प्रधानमन्त्री निर्बाचित हुन २९९ मत आबश्यक छ । कोईरालाको प्रस्तावकमा कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उप–सभापति रामचन्द्र पौडेल रहेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावक एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा सहित १६ जना सांसद् छन् ।
२३ असोज २०७२, शनिवार १५:१७ बजे प्रकाशित