मोडल सनम भन्छन् ‘तिम्रो साथ विना जीवन सोच्न सक्दिन’
कैयौ चर्चित गीतहरुमा मोडलिङ गर्ने मोडलका प्रेमी र प्रेमिका छैनन् भन्दा त्यो सायदैले मात्र पत्याउलान । तर गत साताको एक्टर नेपालसंगको अन्तर्वार्तामा चर्चित मोडल सनम कठायतले केटी साथी धेरै फ्यान भएपनि रिलेसनमा नरहेको बताए ।
तर यसैहप्तामात्र उनको प्रेम एक जना मोडल सम्झनासंग रहेको थाहा हुन आएको छ । सम्झनालाई उनले यतिसम्म भन्न भ्याएका छन् की ‘तिम्रो साथ विना जीवन म सोच्न सक्दिन’ । सुन्दा सामान्य लाग्ने यी शब्दहरु सनम आफैले बाहिर भन्ने कुरा एउटा भएपनि भित्र भने उनी गहिरो प्रेममा रहेको पुष्टि हुन्छ ।
त्यति मात्र होइन् उनले प्रेमिका सम्झनाका साथमा यति लामो पे्रम कथन हाल्न समेत भ्याएका छन् ।
मेरो आफ्नो भन्नु तिमी
मेरो सारा खुशी तिमी
मलाई धेरै माया गर्ने
दुख पर्दा साथ दिने
दुई मुटुको एउटै धड्कन
मेरो मनको मान्छे तिमी
तिम्रो साथ विना जीवन म सोच्न सक्दिन
मेरो साथ विना तिमी हास्न सक्दिनौ
सागरसरी चोखो माया फैलिरहोस यसैगरी
तिमी मेरो म तिम्रै हु, छुट्ने छैन जीवनभरी
सुष्मा अधिकारीका यी उत्कृष्ट शब्दहरुमार्फत भिडियोमा आफ्नी प्रेमिका सम्झनालाई सबथोक भएको प्रेम दर्शाउने उनै मोडल सनम कठायतको दृश्यात्मक प्रेम मात्र हो यो ।
प्रमोद खरेलको सुमधुर र प्रिय लाग्ने आवाजमा मोडलिङ गरेका सनमको यो भिडियो प्रेममा परेकाहरुका लागी अर्को सांगितिक साथी बन्न सक्छ ।
सन्तोष केसीको संगीतमा कर्णाली इन्टरटेनमेण्टले तयार गरेको यो गीतको भिडियोमा मोडल सनम र सम्झनाले वास्तविक प्रेम भावनालाई पुष्टि गर्ने भरपुर प्रयास गरेका छन् ।
भिडियो छायांकनलाई वास्तविक प्रेमको रुप देखाउन निर्देशक रविन्द्र दाहालको मेहनत अझ बढी प्रभावकारी देखिएको छ।
https://youtu.be/0zU9v8UyEuY
१८ पुस २०७२, शनिवार १६:४७ बजे प्रकाशित