समृद्धको पाँचौं साधारण सभा सम्पन्न

sahakariविमल कुमार थापा, काठमाण्डौ, १८ पुस । आर्थिक बर्ष २०७२/०७४ मा कारोबार रकमको १० प्रतिशत शेयरपूजी संकलन गर्ने लक्ष्यसहित समृद्ध बचत तथा ऋण सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले कृषि, शिक्षा तथा विद्युत जस्ता उत्पादनशील र सामाजिक क्षेत्रमा समेत लगानी विस्तार गरिसकेको अवस्थामा अत्य उत्पादनशील क्षेत्रमा लगानी गर्न संस्थार्ला अझ समृद्ध तर्फ लैजाने लक्ष्य लिएको साधारण सभामा बताइएको छ । संस्थाकी कार्यकारी अध्यक्ष रजनी बस्नेतका अनुसार आर्थिक बर्ष २०७२÷७३ मा संस्थाले कूल निक्षेप संकलन १२ करोड पु¥याउने लक्ष्य लिएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नलसिंगाड स्टोरेज जलबिद्युत आयोजनाका कार्यकारी प्रमुख मोतीबहादुर कुँवरले अहिलेको उर्जा संकटबाट ग्रसित मुलुकमा सबै बित्तिय संस्थाहरुले उर्जा प्रबद्र्धनमा लगानी गर्नुपर्ने बताए । नेपालको सन्दर्भमा आर्थिक समृद्धिको निम्ति सहकारी अभियानले ठूलो योगदान दिएको पनि कुँवरले दाबी गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नारायणप्रसाद अर्यालले सहकारीको अभियान बचत संकलन गर्नुतर्फ मात्र केन्द्रित नभएर सामाजिक उत्तरदायित्वतर्फ पनि उन्मूख हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समृद्ध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रत्न निरौलाले अहिलेको जटिल परिस्थितिमा सहकारी अभियानमा पनि चुनौती थपिएको बताए ।
कार्यक्रममा रिब्स बचत तथा सहकारी संस्थाका पूर्व अध्यक्ष एवं भारतीय दुतावासका अधिकृत टि.वि.गुरुङ, सहकारी अभियन्ता के.पि.कुँवर लगायतले सहकारीका आधारभूत सिद्धान्त र मूल्य अनि मान्यताका बारेमा जानकारी गराएका थिए ।
संस्थाले आर्थिक बर्ष २०७०÷०७१ मा १ करोड ५१ लाख ७७ हजार ५ सय ३६ रुपैयाँ कूल कारोवार गरेको यस आर्थिक बर्ष २०७१÷०७२ मा ५ करोड ५४ लाख ५३ हजार १ सय ७९ रुपैयाँ कूल करोबार गर्न सफल भएको छ ।

१८ पुस २०७२, शनिवार १६:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु