२०१३ मै सक्नुपर्ने महोत्तरीको हुलाकी सडक अपुरै

महोत्तरी, पुस १८ – सन २०१३ नोभेम्बरमै निर्माण पूरा भईसक्नु पर्ने महोत्तरीको ५२ किलोमिटर हुलाकी सडक निमार्ण अझै अपुरो छ ।  सन् २०११ को जुलाईमा भिश्वा जेभी÷बिबिएसआर ठेकेदार कम्पनीले ३० महिनाभित्र सडक बनाउने सम्झौता गरी काम सुरु गरेको थियो ।

पछि कम्पनीको सम्झौता अवधि सन् २०१३ नोभेम्बर १२ सम्म थपिएको थियो । तर थप गरिएको अवधी सकिएको २ बर्ष भन्दा बढि भैसक्दा पनि हुलाकी सडक निर्माण हुन सकेको छैन ।

सदरमुकाम जलेश्वरदेखि मनरा, सम्सी हुँदै सर्लाहीको सिमानासँग जोडिएको हर्दी नदीसम्म २६ किलोमिटर र सम्सीबाट गौशाला, रामनगर हुँदै माईस्थान गाविस अन्तर्गत पूर्व पश्चिम राजमार्गलाई छुने २६ किलोमिटर गरी ५२ किलोमिटर हुलाकी सडक निर्माणको कार्य अलपत्र परेको हो ।

सडकभित्रका बिजुली तथा टेलिकमका पोल हटाउने तथा रुख कटान जस्ता सबै काम  सकाएर ठेकेदार कम्पनी नै भागेपछि सडक निमार्ण अलपत्र परेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।  तर नयाँ ठेक्का दिने वा के गर्ने भन्नेमा सरोकारवालाहरु मौन छन ।

१८ पुस २०७२, शनिवार ०७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु