प्रदीप पौडेल भन्छन् – ‘नेतृत्वमा युवा आउनुपर्छ’
पाँचथर, १८ पुस । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अबको महाधिवेशनबाट पार्टीमा युवा आउनुपर्ने बताएका छन् ।
सदरमुकाम फिदिममा आज बिहान पत्रकारसित कुराकानी गर्दै उनले पार्टीको जिम्मेवारी युवाको काँधमा आए मात्र मुलुकले समृद्धि र विकासले फड्को मार्ने बताए ।
पार्टी एक भएको लामो समय बित्दा पनि गुटउपगुट रहेका कारण भ्रातृभगिनी तथा शुभेच्छुक सङ्गठनको अधिवेशन हुन नसक्नु दुःखद रहेको उल्लेख गरेका थिए ।
१८ पुस २०७२, शनिवार ०७:२३ बजे प्रकाशित