कालीगण्डकीमा महिलाको शब फेला पर्यो
पाल्पा, १८ पुस । पाल्पा जिल्लामा कालिगण्डकी नदीमा एक महिलाको शव फेला परेको छ ।
चापाकोटको मणिमुकुन्द घाट नजिक भेटिएको सो शव चापाकोट नगरपालिका–५ बैडीकी ६० बर्षिया बिनाकुमारी अर्यालको भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो करिब ३ बजे नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले शव देखेर नदी बाहिर निकालेपछि शवको पहिचान भएको स्थानीय सनतप्रसाद तिम्सिनाले बताए ।
१८ पुस २०७२, शनिवार १७:१२ बजे प्रकाशित