सरकार र जनतालाई नेकपा नेता भण्डारीको ५ सुझाव- लकडाउन कामय गरौं
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी नेता तिलकराज भण्डारीले सबै प्रदेश र मुख्य शहरहरुमा कोरोना परीक्षण ल्यावको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
चीनबाट फैलिएको कोरोना भइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । नेपालमा पनि संक्रमितहरु देखिँदै जान थालेपछि नेता भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् । सरकार र जनतालाई ५ सुझाव दिँदै उनले भनेका छन् ‘लकडाउन कामय गरौं ।’
नेता भण्डारीले समाजिक सञ्जालमा व्यक्त गरेको बिचार
यस्तो बेला सत्तापक्ष र प्रतिपक्ष, सरकारी निकाय र नीजिक्षेत्र तथा आम नागरिक एकजुट हुनुको बिकल्प छैन।
१ं.सरकारले सक्ने जति सबै प्रयास गरेकै छ। आम नागरिकले पनि सरकारको निर्णय फ्लो गरौं , लकडाउन कामय गरौं ।
२. पूर्वसुचनाको अभावले विच बाटो र सीमा नाकाहरुमा अफ्ठेरोमा परेका नागरिकहरुलाई संघरप्रदेशर स्थानीय सरकारको पहलमा उपयुक्त गन्तव्यमा पुर्याउने पहल गरौं ।
३. नागरिकहरुको सुरक्षार्थ खटिराख्नु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुप्रति उच्च सम्मान व्यक्त गरौं । सरकारी निकाय र मन्त्रिहरुले लिइरहेको पहलकदमीलाइ साथ र सहयोग गरौं ।
४. सरकार र नीजि क्षेत्रको विशेष पहलमा कोभिड १९ परीक्षण गर्ने कीट र स्वास्थ्यकर्मीहरुको लागि पिपिए यथासिग्र व्यवस्था गरौं
५. परीक्षण गर्ने ल्याव र सामाग्रिको विस्तार गरि सबै प्रदेश र मुख्य शहरहरुमा परीक्षण गर्ने व्यवस्था गरौं
१२ चैत २०७६, बुधवार १३:०५ बजे प्रकाशित





