सरकारमा गोकुल बास्कोटाको अभाव खड्किएको पत्रकारले सुनाए : विष्णु रिजाल
प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिजालले सरकारमा गोकुल बास्कोटाको अभाव खडिकएको पत्रकारले सुनाएको बताएका छन् ।
७० करोड घुसका लागि बर्गोनिङ गरेको अडियो बाहिरीएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विदेश विभाग उप प्रमुख समेत रहेका प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार रिजालले ट्वीट गर्दै पत्रकारले सरकारमा गोकुल बास्कोटाको अभाव खडिकएको सुनाएको उल्लेख गरेका हुन् ।
ट्वीटमा रिजालले पत्रकारले सुनाएको भन्दै लेखेका छन्, ‘सरकारमा गोकुल बास्कोटाको अभाव खडिकयो । डाङडुङ भन्थे, पत्रकारको सम्पर्कमा रहन्थे । मागेको सूचना दिन्थे, तुरुन्तै एक्सन गर्न सक्ने ल्याकत राख्थे । उनी नहुँदा अरु मन्त्रीलाई भार थपिएको देखियो ।
१३ चैत २०७६, बिहीवार १२:२३ बजे प्रकाशित





