कांग्रेस केन्द्रिय समिति बैठक सकियो, भोली फेरी बस्ने
– इपब्लिक संबाददाता, काठमाण्डौँ ।
नेपाली कांग्रेसका अधिकांस सदस्यले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन । सहमतिय सरकार गठनका विषयमा पार्टीको आधिकारीक धारणा तय गर्न बसेको केन्द्रिय समिति बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि भोली बिहान १० बजे सम्मका लागी स्थगित भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा आकांक्षी सदस्यहरुले धारणा राख्न बाँकी रहेकाले भोली फेरी बस्नेगरी आजलाई टुङ्गिएको नेताहरुले बताएका छन । बैठकमा आकांक्षी सदस्यहरुले धारणा राख्न बाँकी रहेकाले भोली फेरी बस्नेगरी आजलाई टुङ्गिएको नेताहरुले बताएका छन ।
कांग्रेस केन्द्रीय सदस्यहरुमा कांग्रेसले नै अबको सरकारको नेतृत्व गर्ने कि अरु दललाई समर्थन गर्ने भन्नेमा मत बाझिएको छ ।
बैठकमा बोल्ने अधिकांस सदस्यले संसद्को ठूलो दल भएकाले अब पनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने माग गरेका छन । कतिपय नेताहरुले बिगतका सहमतिका आधारमा अघि बढ्नु पर्नेमा जोड दिएका छन ।
यसैबिच कागं्रेसका ३ शिर्ष नेताले प्रधानमन्त्रीमा दावी गरेका छन ।
नयाँ सरकार गठनबारे छलफल गर्न विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उप–सभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेका हुन ।
२१ असोज २०७२, बिहीवार १५:३१ बजे प्रकाशित