नयाँ प्रधानमन्त्रि चयनका लागी बहुमतिय प्रक्रिया सुरु, पर्सी बिहान ११ बजे मतदान हुने

–रघुनाथ बजगाँई, काठमाण्डौँ ।
नयाँ प्रधानमन्त्री चयनका लागी पर्सी बिहान ११ बजे मतदान हुने भएको छ ।
संसद भवन नयाँ वानेश्वरमा शुक्रबार बसेको बैठकले संविधानको धारा २९८ को ३ अनुसार बहुमतिय प्रक्रिया सुरु गरेको हो ।
बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
सचिवालयले आजै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन भने भोली  हुनेछ ।
यसअघि राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिका आधारमा सरकार बन्न नसकेपछि आज व्यवस्थापिका संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न आव्हान गर्नुभएको थियो ।
संसदको शुक्रबारको बैठकमा राष्ट्रपतिको पत्र बाचन गर्दै सभामुख सुवास नेम्वाङ्ले पर्सी आइतबार प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी बहुमतीय प्रक्रिया सुरु भएको जानकारी गराउनुभयो । संविधानको धारा २ सय ९८ मा रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशन सुरु भएको सात दिनभित्र राजनीतिक सहमतिको सरकार गठन हुन नसकेमा व्यवस्थापिका संसदको बहुमतले प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ ।

२२ असोज २०७२, शुक्रवार ०९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु