एमाओवादी एमाले नेतृत्वकै पक्षमा, सरकारमा सामेल हुन ८ बूँदे शर्त
–इपब्लिक संबाददाता, काठमाण्डौँ ।
एकीकृत नेकपा माओवादी एमाले नेतृत्वको सरकारकै पक्षमा उभिएको छ । अध्यक्ष पुष्पकमल दाहाल निबास बालुवाटारमा शुक्रवार बसेको स्थायी समिति बैठकले यसअघि भएको भद्र सहमति अनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । एमाले नेतृत्वमा प्रमुख तीन दल सहभागी सरकार गठन हुनु पर्नेमा उसको जोड छ । यस्तै एमाओवादीले आफ्नो पार्टी सरकारमा जान तयार रहेको भन्दै बिभिन्न ८ बूँदाको नीतिगत आधार तय हुनुपर्ने बताएको छ । राष्ट्रिय स्वाधिनताको बिषय, आन्दोलनकारीको माग, संविधान संशोधन र कार्यन्वनको बिषय, भारतले लगाएको नाकाबन्दीको तत्कालीन र दीर्घकालीन समाधान, भूकम्पले सृजना गरेको विपत्ति पछिको पुर्ननिमार्ण र नवनिर्माण, उत्पिडित मजदुर किसान, दलित लगायत सिमान्तकृत समुदायको मागलाई सम्वोधन गर्ने बिषय, आर्थिक सम्वृद्धिलाई केन्द्रमा राखेर काम गर्ने, शान्ति प्रकृयासँग जोडिएका बिषयलाई अघि बढाउने लगायतका शर्त अघि सारेको छ ।
२२ असोज २०७२, शुक्रवार ०९:४५ बजे प्रकाशित