सेभियालाई पराजित गर्दै बार्सिलोनाले अग्रता फराकिलो तुल्यायो

काठमाडौं, कात्तिक १९ । सेभियालाई २–१ ले हराउँदै बार्सिलोनाले स्पेसिन ला लिगको अग्रता फराकिलो पारेको छ ।

सेभिया विरुद्ध गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन दुवै गोल पाको अल्कासेरले गरे । पाहुना टोली सेभियाका गुईदो पिजारोले एक गोल फर्काए ।

जितसँगै बार्सिलोनले लिग तालिकाको अग्रता फराकिलो पारेको छ । ११ खेलबाट बार्साको ३१ अंक भएको छ । दोस्रो स्थानको भ्यालेन्सियाको २७ अंक छ भने २३ अंकका साथ एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको रियाल मड्रिड भने चौथो स्थानमा छ । रियाल मड्रिडले आज राति लास पाल्माससँग खेल्दैछ ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलमा भ्यालेन्सिया, एथ्लेटिको मड्रिड र आलाभेस बिजयी भएका छन् । भ्यालेन्सियाले लेगानेजलाई ३–० ले हराउँदा एथ्लेटिको मड्रिडले डेपोर्टीभो लाकोरुनालाई तथा आलाभेसले ईस्पानियोललाई १–० ले हराएका छन् ।

२० कात्तिक २०७४, सोमवार ०४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु