इन्जिनियरलाई हेर्ने दृष्टिकोण बदल्ने हुटहुटी छ : महासचिव उम्मेदवार ढकाल
'नवोदित इन्जिनियरहरूका लागी रोजगार प्रबर्द्धन गर्ने विषय प्राथमिकतामा'

काठमाडौं । यहि फागुन २७ गते नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति, दोस्रो प्रादेशिक समिति र नेपाल इन्जिनियरिङ्ग परिषद् सदस्यका लागि नर्विाचन हुँदैछ ।
केन्द्रमा महासचिवका उम्मेदवार छन– डाशंकर ढकाल । इन्जियिरको हकहितका लागि काम गर्न भन्दै अष्ट्रेलिया छोडेर नेपाल आएका ढकालसंग के कस्ता छन, चुनावी एजेण्डा ? यी नै विषयमा केन्द्रीत भएर गरिएको छोटो कुराकानी :
चुनाव नजिकँदो छ, प्रचार कस्तो छ ?
चुनाव आउन केही दिन मात्रै बाँकी रहकाले प्रचारमा व्यस्त हुनु स्वभाविकै हो । मतदाताहरुसंग भेटघाट गर्ने, उहँहरुका कुरा सुन्ने र आफुलाई जिताउन आग्रह गर्ने भइ नै हाल्छ । तर, हामीले पटक पटक चुावको मिति सा¥यौं । खासगरी कोरोना भाइरसको महाकारीका कारण समयमै चुनाव हुन पाएन । गत बैशाखमै चुनाव गर्ने तयारी थियो । त्यसबेला देखि नै चुनावी प्रचारमा हो । पटक पटक चुनाव स¥यो । पटक पटक चुनावी प्रचारमा भइयो ।
मतदाताहरुले को कस्तो छन ? भनेर बुझ्ने लामो समय पाए । अब त चुनाव रोकिन्न । धेरै पटक मतदाताहरुसंग भेटेको भए पनि फेरि पनि भेटिँदैछ । कुराकानीहरु भइरहन्छ । साथीहरुले उत्साह नै थपिराख्नुभएको छ । युवाको प्रतिनिधित्व सही रुपमा हुँदैछ एशोसिएसुनमा भनेर हौसला प्रदान गरिराख्नुभएको छ । चुनावी प्रचार भनदा पनि हौसला लिने जस्तो भइराख्या छ ।
इन्जिनियर भन्नेवित्तिकै केही मान्छेहरु भ्रष्टाचारका कारक ठान्छन् । एकाद्ध घटनाले पनि झस्काउँछ होला । इन्जिनियरलाई आफ्नो कमाइले पुग्दैन र धेरथोर भए पनि कमिसन लिइहालौं भन्ने हुन्छ हो ?
म पनि झस्किन्छु कि अविभावकहरु आफ्ना सन्तानलाई इन्जिनियर बनाउन चाहन्छन् । इन्जिनियरहरुको आफ्नै इज्जत छ समाजमा । र पनि थोरै थोरै रकम भ्रष्टाचार गरेको भनेर पक्राउ परेका समाचारहरु आउँछ । सञ्चारमाध्यमले पनि त्यस्ता समाचारलाई प्राथमिकताका साथ सम्पेष्ण गर्छन । तर, इन्जिनियरले गरेका धेरै राम्रा कामहरुको प्रचार कम छ । यसले पनि कतिपयले इन्जिनियर भनेको भ्रष्टाचारी हो भने जसरी लिने र सामाजिक संजालहरुमा टिप्पणी गरेको देखिन्छ ।
तुलनात्मक रुपमा इन्जिनियरहरुले काम गर्दा राम्रै पारिश्रमिक पाउँछन् । तर, साहै्र थोरैमा काम गर्नेहरु पनि छन् । यो समस्या न्युनतम पारिश्रमिक तोकिन नसकेकाले हो ।
नेइएको हालसम्म ३२ औँ कार्यसमिति आइसक्दा पनि न्यूनतम पारिश्रमिकको विषयमा ठोस उपलब्धि हासिल गर्न पनि सकेका छैनौँ । एशोसिएसनका हरेक निर्वाचनमा इन्जिनियर सङ्गठनहरूले न्यूनतमपारिश्रमिकको विषय जोडतोडले उठान गर्दै आएका छन् । तर, यो केवल निर्वाचन आफ्नो पक्षमा पार्ने भ¥याङ जस्तै भएको छ । अब भने यसलाई कामै गर्ने गरी जाउँ भन्ने मेरो जोड छ । चुनावपछि यसलाई उच्च प्राथमिकतामा राख्नेमा मेरो भूमिका रहन्छ ।
इन्जिनियरको पेशागतहकहित र सम्बद्ध लागि स्थापित इन्जिनियरहरूको साझा संस्था नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) नेतृत्वमा कम्तीमा सरकारी स्केल अनुसार इन्जिनियरको न्यूनतम पारिश्रमिकनिर्धारण गर्न पहल गर्न सकिन्छ ।
साथै न्युनतम पारिश्रमिक पनि हाम्रा दैनिक खर्च र महंगीसँग तालमेल हुने खालको वैग्ज्ञानीक हुनुपर्दछ। यसरी निर्धारण गरेको न्यूनतम मापदण्डलाई नियमन गर्न एउटा विश्वासिलो संरचना पनि आवश्यक रहन्छ ।
न्युनतम पारिश्रमिक नतोकिएकै कारण जसले जति दिए पनि हुन्छ भन्ने भयो । यसले कहीँ न कहीँ कमिसनलाइ पनि प्रोत्साहन ग¥यो र तपाईंले भने जस्तै इन्जिनियर भनेका कस्ता हुन भनेर नकारात्मक रुपमा लिनेहरु पनि समाजमा छन् । म यहि चाहन्छु । उम्मेदवार हुँदै गर्दा म मा यहि हुटहुटी छ इन्जिनियरलाई हेर्ने दृष्टिकोण बदल्न सकौं । यो काममा म सफलता उन्मुख हुन्छु भन्ने विश्वास छ ।
इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा समाजको गल्ति हो कि राज्यको ?
गल्ति राज्यको हो भन्ने लाग्छ । समाजले त राज्यले जता लैजान्छ समाजलाई तयसै अनुसार धारणा बनाउने हो । मैले भन्न खोजेको राज्यले नीति योजना तय गर्दा इन्जिनियरहरुहरुको सहभागितामा खास महत्व दिँदैन । यसका नकारात्मक प्रभावहरु अरुहरु पनि छन् ।
उदाहरणका लागि हामी दिगो विकासका कुरा गछौं । यसका लागि नीति तर्जुमामा इन्जिनियरहरुको सहभागिताको अपरिहार्यता छ । यो राजनीतिक नेतृत्वलाई बुझाउन आवश्यक भएकाले यसैका लागि पहल गर्नुपर्ने छ । मैले यसलाई पहिलो प्राथमिकतामा राखेको छु ।
विकसित राज्यहरुलाई हेर्ने हो भने, आर्थिक विकास, समाजिक उन्नति तथा पर्यावरणीय सम्बन्धी नीति तथा योजनाहरु तर्जुमा गर्ने कार्यमा इन्जिनियरहरु लाई सहभागी गराउने र उनीहरु पनि मुलुकको दीगो विकासको लागि यस्ता क्रियाकलापहरुमा सक्रिय रुपमा संलग्न भएको देखिन्छ ।
तर, नेपालको सन्दर्भमा नीति तर्जुमामा इन्जिनियरको अनिवार्य सहभागितालाई कम महत्व दिइन्छ । यो सोच राज्यको हो । र हाम्रो पनि गल्ति छ इन्जिनियरको सहभागिता बिना बनेको विकास योजनाको दिगोपना कस्तो रह्यो ? भनेर बुझाउन सक्नुपर्छ, राजयलाई पनि बुझाउनुपर्छ, समाजजाई पनि बुझाउनुपर्ने छ । यसो गर्दा इन्जिनियरलाइ हेर्ने राज्य र समाज दुबैको दृष्टिकोण सही हुन पुग्छ ।
राज्य र समाज दुबैले पुर्वधार बिकास एक जटिल र बहुआयामिक पक्ष हो र अध्ययन अनुसन्धानमा लगानी कम हुँदा पारीयोजनाहरुमा चुनौती र जोखिमको मात्रा बढी हुन्छ भन्ने आधारभुत बिषयलाई बुझ्न जरुरी छ।
जस्तै, भुकम्प र भुकम्पप्रतिरोध सन्रचनाहरुमा दक्खल हासिल गरेको राष्ट्रको रुपमा चिनारी बनएको जापान जस्तो राष्ट्रले समेत्सन १९९५ को भुकम्पले पुर्यएको अनपेक्षित क्षतिबाट पाठ सिक्दै उक्त सिकाइहरुलाई नयाँ सन्रचनाहरुमा कार्यन्व्यन गर्यो।
त्यसैगरी ठुला पुर्वाधार बिकासको प्रारम्भिक्चरणमा रहेको नेपालमा सिक्टा शिचाइ जस्ता परीयोजनहरुमा देखिएका केही नविन र चुनौतिपूर्ण समस्याको समाधान खोज्दै पाठ सिक्दै उत्साही भएर अगाडि बढ्नुपर्ने स्थितिमा उल्टै अहोरात्र खटिएर पारीयोजन निर्माणमा योगदान पुर्याइरहेका दर्जनौ इन्जिनियरहरुलाई निलम्बित गरी अनिर्णयको लामो र पीडादायी जीवन बिताउन वाध्य बनाइ उनिहरुको सुन्दर भविष्यमाथि राज्य स्व्यमले खेल्वाड गरी रहेको छ।
र यो सबैको पहल गर्ने भनेको पनि नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) जस्ता पेशागत संगठनहरुले हो । यसैका लागि मैले उम्मेदवारी दिएको हुँ ।
नेपालका इन्जिनियरिङको पढाईलाई उच्च प्राथमिकता दिइन्छ । सोही अनुसार जनशक्ति पनि उत्पादन भइरहेका छन् । तर, उत्पादित जनशक्तिको गुणस्तर र रोजगारी सिर्जनामा समस्या हुँदा निराशाका स्वर पनि उत्तिकै सुनिन्छ । यस्तोमा तपाईंबाट के अपेक्षा गर्ने ?
हो, यो समस्या छ । उत्पादित जनशक्तिहरुमध्ये पनि राम्राहरु विदेश जाने र बल्लतल्ल पास भएका वा छिमेकी मुलुकहरुमा कम गुणस्तरको शिक्षा लिएर आएकाहरुलाई नेपालमा काम लगाउने प्रचलन छ । मैले यो भन्दा धेरैलाई चसक्क लाग्न सक्छ । तर, यथार्थ हो । यसको समाधान छ ।
नेपालमै गुणस्तरको शिक्षा दिने र कम गुणस्तरको शिक्षा लिएका छन वा क्षमता कम छ भने त्यसको विकास गर्ने । जो इन्जिनियर हुन चाहन्छ ऊ आफैँ म कम गुणस्तरको हुन्छु त भन्दैन । कम योग्य बनाउनेकाम राज्यले गरिरहेको छ । यसैका लागि इन्जियिरिङ लाइसेन्स लिन परीक्षा दिनुपर्ने कानुन बन्दैछ । तर, यो कानुन बनाउने विषय पनि सरकारको प्रँथमिकतामा परेको छैन् । दुई बर्षदेखि संसदमा कानुन निर्माणको पाटो अल्झिँदा इन्जिनियरहरुले लाइसेन्स लिनुअघि परीक्षा दिनुपर्ने प्रावधान लागू हुन सकेको छैन् । सरकारले उच्च प्राथमिकता दिएर यो कानुन पारित गराउने हो भने केही हदसम्म गुणस्तरीयताको समस्या कम हुने वा पुनः गुणस्तरीयताको परीक्षण हुन्छ । यसले समग्र इन्जिनियरहरुकै हित गर्छ भन्ने लाग्छ ।
र नवोदित इन्जिनियरहरूका लागी रोजगार प्रबर्द्धन गर्ने विषय पनि हाम्रो प्राथमिकतामा पर्न सकिरहेको छैन् । यसलाई प्रमुखताा साथ उठाउने सोच बनाएको छु । नवोदित इन्जिनियरहरूका लागी रोजगार प्रबर्द्धन डेस्क स्थापना गर्ने हाम्रो सोच छ । उक्त डेस्कमार्फत केमिकल, बायो मेडिकल, अटो मोबाइल, हाइड्रो पावर लगायत सबै इन्जिनियरहरूलाई सरकारी तथा गैर सरकारी क्षेत्रमा जब प्लेसमेन्टका लागी पहल गर्न सकिन्छ ।
इन्जिनियरहरूको वृत्ति विकासका लागि इन्जिनियरिङ् प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने, वार्षिक बजेटको पूर्वाधार विकासमा हुने खर्च समयमा नै खर्च हुने वातावरणका लागि इन्जिनियरहरूलाई तालिम दिई क्षमता अभिवृद्धिको व्यवस्था मिलाउन पहल गर्ने, विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरूको लागि विशेष तालिमको व्यवस्था गर्ने जस्ता विषयलाई मैले चुनाव जितेपछि गर्ने कार्यहरुको लिस्टमा राखेको छु ।
म बाट आश गर्ने यहि हो– कि मैले जे कुरा उठाएर भोट मागेको छु त्यो पुरा गर्न प्रयास गर्छु, कमी कमजोरी हुन लाग्यो भने खबरदारीको पनि अपेक्षा गर्दछु ।
चुनावका बेला पपुलर नारा दिने प्रचलन हुन्छ । तपाईंका पनि त्यस्तै होइनन् भनेर कसरी पत्याउने ?
म युवा छु त्यसकारण मैले अहिले गरेको बचा अनुसार काम नर्गे फेरि फेरि पनि अवसरका लागि पछाडि धकेल्नुपर्छ । एक पटक चुनाव उठिहालौं भन्ने मेरो सोच भएको भए तपाईंको प्रश्न सही हुन्थ्यो । म आफ्नै र समग्र इन्जियिरहरुको हकहितलाई समेत आफुलाई समाजमा स्थापित गराउन खोजिरहेको, केही गरौं भन्ने सोच भएको हुनाले पनि तपाईंको प्रश्न मेरा सन्र्दभमा सार्थक हुने छैनन्, त्यो हुन दिन्न । अरुहरुले गलत गर्ने प्रयास गरे भने रोक्न प्रयास गर्छु ।
एकीकृत प्रगतिशील इन्जिनियर समूहको उम्मेदवार । यसको मत्लब कुनै राजनीतिक आस्थाका आधारमा टिकट पाउनुभयो । काम गर्दा पनि राजनीतिक आस्थाले रोक्ला वा धकेल्ला । के गर्नुहुन्छ त्यस्तोमा ?
मेरो प्रष्ट कुरा छ– म इन्जिनियर भएको हुनाले उम्मेदावर भएको हुँ । राजनीतिक आस्थाका आधारमा काम गर्दिन र त्यस अनुसार मैले कुनै बाचा गरेको पनि छैन् । मलाई टिकट दिइँदा पनि राजनीतिक आस्था हेरिएको छैन्, उहाँहरुकै शब्दमा म युवा हुँ र केही गर्न सक्छु । त्यस अनुसारको प्यासन म मा छ भनेर अगाडि बढाइएको हो । र प्राप्त जिम्मेवाीलाई कुशलतापूवर्क निर्वाह गर्ने मेरो कटिबद्धता छ । र मैले राजनीतिक आस्थाका आधारमा पनि मत मागिरहेको छैन् ।
सबै इन्जिनियरहरुको हक हीतको कुरा गरेको छु, र गरिरहन्छु । म मात्रै सफल भएँ भने म एक्लै हुन्छु । सिंगो इन्जिनियरिङ समुदाय सफल हुँदा म त्यहाँ स्वतः पर्दछु । र सामुहिक सफलताले इतिहास बनाउँछ । एकल सफलता दुनियाँमा धेरैले पाएका छन्। सामुहिक सफलता प्राप्त गर्नेहरु इतिहासमा दर्ज भएका छन् । मेरो प्रयास एकल भन्नेमा छैन । यसकारण म संग राजनीतिक आस्थाका आधारमा संगत गर्नेहरु पनि कम र मेरो स्वभाव पनि यस्तेै छ ।
एकीकृत प्रगतिशील इन्जिनियर समूहले चुनाव जित्यो भने गर्ने मुख्यत हुने कामहरु के के हुन ?
म जुन समूहबाट उम्मेदवार भएको छु एकीकृत प्रगतिशील इन्जिनियर समूह । हामीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छौं । जहाँ मुख्यत चार÷पाँच वटा विषय छन् । मैले अघि भनेका विषयहरु पनि स्वतः पर्दछन् । त्यसकारण दोहो¥याइन ।
बाँकी हाम्रा केही खास खास एजेण्डाहरु छन् । जस्तै– सातै प्रदेशमा नेइए को आफ्नै ‘प्रादेशिक इन्जिनियर भवन’ बनाउने । यो अति आवश्यक छ हामी यसका कटिबद्ध छौं । साथसाथै ‘इन्जिनियर अस्पताल’ को अवधारणालाईछलफलमालेराउने सोच बनाएका छौं ।
नेइए अन्तर्गत एक वृहत तथा एकीकृत इन्जिनियरिङ परिषद स्थापना गरी आवधिक सभा आयोजना गर्ने हाम्रो प्रतिवद्धता छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा काम गरी सीप र क्षमता आर्जन गरेका इन्जिनियरहरूलाई राष्ट्रिय अन्य वैकल्पिक संस्थाहरूमा व्यवस्थापन गर्ने विषय छ । यो लामो समयदेखि सल्झिन सकिरहेको छैन् । यसलाई सल्ट्याउनुपर्ने छ हामी त्यो काम गर्छौं ।
प्राशिक क्षेत्र, अनुसन्धान क्षेत्र एवं प्राइभेट क्षेत्रलाई एकै छातामुनी ल्याई नवीनतम सोच, ज्ञान तथा सीपलाई बजारिकरण गर्नको लागि संयुक्त प्रयासको खाँचो छ । हामी यो गर्छौं ।
नेपालको मेगा प्रोजेक्टहरूमा विश्वविद्यालयका प्राध्यापकहरूलाई एकाकार गराएर लैजाने कामको सुरुवात पनि हुन सकेको छैन् । हामी यसमा पनि पहल गर्नेमा छौं ।
नेइएमा सबै इन्जिनियरहरु पनि समेटिन सकेका छैनन् । ३० हजार बढीलाई बाहिर राखेर एशोसिएसन भनिरहँदा अप्ठ्यारो लाग्दैन ?
यो महत्वपूर्ण प्रश्न । स्वदेश तथा विदेशमा छरिएर रहनुहुने इन्जिनियर सदस्यहरूलाई नेइए र यसका गतिविधिसँग प्रत्यक्ष जोड्ने संयन्त्र छैन् । त्यस्तो संयन्त्रकबो विकास गर्ने विषयलाई हामीले प्रमुखताका साथ उठाउने बचनबद्धता गरेका छौं ।
अन्तराष्ट्रिय स्तरका नेपाली परामर्शदाताहरुलाई नेपालमा काम गरी राष्ट्र निर्माणमा योगदान गर्न सकारात्मक वातावरण सिर्जनाका लागि पहल गर्ने, इन्जिनियरहरूको पेशागत हकहित तथा सामाजिक मर्यादा कायम गर्ने हाम्रो चुावी घोषणापत्रमै उल्लेख छ ।
नेपाल सरकारका निकायहरूमा इन्जिनियरहरूको भूमिका बढाउनको लागि स्थानीय निकायहरूमा कम्तिमा ३ जना इन्जिनियरको दरबन्दी स्थापना गर्न पहल गर्ने, नेपाल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा प्राधिकरणका प्रमुख, सार्वजनिक खरिद महाशाखाका प्रमुख, सञ्चार मन्त्रालय र प्रधानमन्त्री कार्यालय अन्तर्गत पूर्वाधार हेर्ने सचिव इन्जिनियर हुनुपर्ने व्यवस्था मिलाउन पहल गर्ने हाम्रो सामुहिक प्रतिवद्धता छ ।
इन्जिनियरिङ शिक्षामा गुणस्तर तथा एकरूपता कायम गर्न सिंगल इन्ट्रान्स सिस्टमबाट कलेजहरूमा भर्ना गर्ने व्यवस्था मिलाउने विषय पनि हाम्रो प्राथमिकतामा छन् । एक पटक मात्रै सदस्यता लिए हुने वा के गर्न सकिन्छ यसतर्फ पनि हामी पहल गर्छौं ।
इन्जिनियरिङ शिक्षामा निजी कलेजहरूको शुल्क तथा गुणस्तर निर्धारण तथा अनुगमन गर्ने निकायलाई दवाव दिनने पनि हाम्रो राण्नीति हुनेछ । इन्जिनियरिङ् अध्ययन समाप्त गरेपछि, रोजगारी नपाउँदासम्मका पहिलो ६ महिना बेरोजगार भत्ता ÷ इन्टर्नसिप उपलब्ध गराउने व्यवस्था गराउन पहल गर्ने जस्ता विषयलाई पनि प्रमुखताका साथ उाठाउँछौं । यसले एशोसिएसनप्रति इन्जिनियरहरुको लगाव बढाउँछ र बाहिर रहेकाहरु स्वतः जोडिन आउँछन भन्ने विश्वास छ ।
विद्युतीय मतदान त यसपाली पनि हुन सकेन है ?
यो लाजमर्दो भएको छ । प्रविधिमा विश्वास गर्ने हामीहरु नै विद्युतीय मतदानमा जान सकेनौं । तर, हामी अर्को चुनावसम्म पुग्दा सबैलाई कन्भिन्स गराउन सक्छौं भन्ने विश्वास छ ।
इलेक्ट्रोनिक भोटिङ मेसिन भन्दापनी माथि घर वा अफिस, आफु जहाँ छ तेहीबाट मतदान गर्न मिल्ने अनलाइन व्यवस्थामा गैइ इनिजिनियहरु प्रविधिमैत्री छ्न् र शाहभागीतामुलक प्रगतिशि लोकतन्तको सुध्रिढिकरणको लागि नमुना बन्न सक्छन ।साथै यसले एनईएको अन्तरराष्ट्रियकरणसँग एक सबल र बलियो संगठन बन्न सहयोग गर्नेछ।
२५ फागुन २०७८, बुधवार ०७:५७ बजे प्रकाशित