अमेरिकासंग झुक्यो माओवादी केन्द्र, संसदमा एमसीसी टेबल गर्न सहमत
काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।
यसअघि नेकपा माओवादी केन्द्रले एमसीसी संसदमा टेबुल भए मात्र्र पनि सरकार छाड्ने चेतावनी दिएको थियो ।
तर, आइतबार बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र नै एमसीसी टेबुल गर्न सहमत भएपछि आज संसदमा एमसीसी टेबल गर्ने सहमति जुटेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।
‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ‘, उनले भने ।
८ फागुन २०७८, आइतवार ११:१४ बजे प्रकाशित