अन्तर्राष्ट्रिय ‘याक अट्याक’ साइकल दौड सुरु

लमजुङ, कात्तिक १९ । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लीङ प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ आइतबारबाट सुरु भएको छ ।

‘याक अट्याक्क इन्टरनेश्नल बाइकिङ सिरिज’को ११ औं संस्करण लमजुङबाट सुरु भएको हो ।

प्रतियोगीले समुद्री सतहदेखि ५ हजार ४१६ मिटर उचाइमा पर्ने थोराङला भन्ज्याङ पास गर्ने छन् ।

१० दिनसम्म सन्चालन हुने सो प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपालीले सहभागिता जनाएका छन् ।

पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको तालबाट चामे, माथिल्लो मनाङहुँदै ५ हजार ४१६ मिटर उचाइको थोराङला भन्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ ।

बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता सन्चालन भएको हो ।

२० कात्तिक २०७४, सोमवार ०४:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु