दार्चुलाका एक प्रहरी हवल्दार काठमाडौंमा मृत फेला

 काठमाडौं,  ११ पुस। जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार विक्रम बुढा काठमाडौंमा मृत अवस्थामा भेटिएका छन् । उनको हत्या भएको अनुमान गरिएको छ । बालाजुको नेपालटारस्थित विष्णुमति खोलाको किनारमा हत्या गरिएको अवस्थामा बुढाको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । बुढाको शव शनिबार बिहान नेपालटारस्थित नेपाली सेनाको एक नम्बर बाहिनी नजिकै विष्णुमति खोलाको किनारमा फेला पारिएको थियो । नदी किनारमा वेवारिसे शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुढाको शव रहेको वरपर रगत लत्पत्एिको छ ।

११ पुस २०७२, शनिवार ०६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु