युरो कप छनौटका लागि रोनाल्डो राष्ट्रिय टिममा फर्किए

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ८ महिनापछि राष्ट्रिय फुटबल टिमका फर्किएका छन् ।

रुस विश्वकपपछि राष्ट्रिय टिमबाट नखेलेका ३४ बर्षे रोनाल्डो आउँदै गरेको युरोकप छनोटका लागि टिममा फर्किएका हुन् । पोर्चुगलले सार्वजनिक गरेको राष्ट्रिय टिमको खेलाडीको सूचीमा रोनाल्डो पनि अटेका छन् । प्रशिक्षक फर्नान्डो सान्टोसले युरोकप छनोट अन्तर्गत युक्रेन र सर्वियाविरुद्धको खेलका लागि टिमको घोषणा गरेका हुन् ।

प्रशिक्षक सान्टोसले रोनाल्डो फर्किएपछि टिम बलियो हुने आशा गरेका छन् । पोर्चुगलले २२ मार्चमा युक्रेन र २५ मार्चमा सर्वियासँग खेल खेल्नेछ ।

२ चैत २०७५, शनिवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु