न्यु समिट र सीसीआरसी विजयी
काठमाण्डौँ । न्यु समिट र सीसीआरसी प्रथम रोजबड अन्तरकलेज ९प्लस टु० उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको ब्वाइजमा विजयी भएका छन् । न्यु समिटले आयोजक रोजबडलाई ६३–३८ ले पराजित गर्यो ।
विजेताका प्रवीण राईले ३४ अंक जोडे । सीसीआरसीले युनिभर्सललाई ७१–२८ ले हरायो । ब्वाइजमै टाइम्सले नेपालयलाई ४९–२१ ले निराश गर्यो । गल्र्समा जेभियर इन्टरनेसनल, न्यु समिट र नासा इन्टरनेसनल कलेजले सफलता हात पारे ।
९ मंसिर २०७३, बिहीवार १४:२१ बजे प्रकाशित