फुटबलको विश्व बरियतामा नेपालको पाँच स्थान सुधार
काठमाण्डौँ । नेपालले फुटबलको विश्व बरियतामा पाँच स्थान सुधार गरेको छ । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपाल १८१ औं स्थानमा छ । गएको कार्तिक ३० गते एएफसी सोलिडारीटि कप जितेको नेपालले बिश्वबरियतामा सुधार गरेको हो । १३१ औं स्थानमा रहेको भारत सार्कमा शीर्ष स्थानमा रहेको छ । अघिल्लो महिनाभन्दा दुई स्थान तल झरेको अफगानिस्तान १४७ औं स्थानमा छ ।
चार स्थान सुधार गरेको मालदिभ्स १५४ र तीन स्थान सुधार गरेर भूटान १७६ औं स्थानमा छ । बंगलादेश नेपालभन्दा दुई स्थान तल १८३ औं स्थानमा छ । श्रीलंका १९५ औं र पाकिस्तान १९७ औं स्थानमा छन ।
विश्व बरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथाबत छ । ब्राजिल दोस्रो स्थानमा उक्लिँदा जर्मनी तेस्रो स्थानमा झरेको छ ।
चिली दुई स्थान सुधारेर चौथो स्थानमा पुग्दा एक स्थान खस्किएको बेल्जिएम पाँचौ स्थानमा छ ।
९ मंसिर २०७३, बिहीवार १५:०५ बजे प्रकाशित