विवादित जिल्लाबारे जनमत सङ्ग्रह गरौँ : गच्छदार

imagesविराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले मधेसी मोर्चाका नेताहरुकै फरक÷फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिनु स्वभाविक भएको बताए ।
अध्यक्ष गच्छदारले विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनता कुन प्रदेशमा बस्न चाहन्छन् त्यसमा जनमत सङ्ग्रह गर्नुपर्ने तर्क गरे ।

९ मंसिर २०७३, बिहीवार १५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु