शिशु मृत्यु दर घटाउने कार्य योजना

downloadकाठमाण्डौ । सरकारले नवजात शिशु मृत्यु दर घटाउने कार्ययोजना सार्वजनिक गरेको छ ।
नेपालमा हरेक वर्ष प्रति १ हजार नवजात शिशुमध्ये २३ को मृत्यु हुने गरेको छ ।  मृत्यु दर कम गरी सन् २०३५ सम्ममा प्रति हजार १३ भन्दा पनि थोरै पुर्याउने  उद्देश्यका साथ स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य तथा बाल स्वास्थ्य महाशाखाको संयुक्त नेतृत्वमा तयार कार्य योजना सार्वजनिक गरिएको हो । मुख्य चार वटा रणनीतिमा आधारित कार्ययोजनामा स्वास्थ्य सेवाको समतामुलक सदुपयोग, बहुक्षेत्रीय पहुँच, गुणस्तीरय सेवा र सुधारमा जोड दिइएको छ ।
बिहिवार राजधानीमा आयोजित कार्यक्रममा संसदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जु झाले कार्ययोजना सार्वजनिक गरिन ।

९ मंसिर २०७३, बिहीवार १५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु