बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सव : ५ करोड उठाउने लक्ष्य
काठमाण्डौ । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराही उच्च माविको शैक्षिक स्तरोन्नतीका लागि धार्मिक महोत्सव गरिँदैछ । मकवानपुर थाहा बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सव २०७३ यहि पुस १५ देखि २२ गतेसम्म संचालन हुनेछ ।
महोत्सब ब्यबस्थापन समितिले शनिवार काठमाण्डौँमा वृहत भेला आयोजना गरेर महोत्वका लागि कुल ३६ लाख बराबरको लागत अनुमान गरिएको जनाएको छ । महायज्ञबाट ५ करोड उठाइने लक्ष्य राखिएको छ ।
भ्रमणभत्ताका लागि ७५ हजार, गाडी भाडा १ लाख ६० हजार, छाई खर्च ३ लाख ५२ हजार,फोन–इन्टरनेट खर्च १० हजार, कलश खर्च ४ लाख ५७ हजार ५ सय,पुजन÷सम्मान खर्च २ लाख १५ हजार, मञ्च निमार्ण खर्च ६ लाख ५० हजार,इन्धन खर्च ५० हजार, दक्षिणा १२ लाख लगायत गरी कुल खर्च ३६ बराबर लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा संसद राम नारायण बिडारीले बिद्यालयको शैक्षिक स्तरोन्नतीका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले संसद विकास कोषबाट तत्काल १५ लाख उपलब्ध गराउने र अर्को आर्थिक बर्षको बजेटमा आवश्यक बजेट ब्यवस्था गर्न प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
महोत्सब ब्यबस्थापन समितिका अध्यक्ष महेश्वर सुबेदीले आवश्यक रकम जुटाउन सकिए बज्रबाराहीमा शैक्षिक पर्यटनकै समेत प्रर्वधन गर्नेगरी काम अघि बढाउन सकिने बताए ।
२ पुस २०७३, शनिवार ११:३२ बजे प्रकाशित