नवलपरासीमा सुरक्षित गर्भपतन संख्यामा बढे

प्रकाश बस्याल ,नवलपरासी। जिल्लामा सुरक्षीत गर्वपतन सेवाबारे सचेतना बढाएसंगैँ सुरक्षीत गर्वपतन गराउनेको संख्या बढेको पाईएको छ । आर्थीक बर्ष २०७२÷७३ मा १ हजार ४ सय ६५ जना महिलाहरुले नवलपरासी जिल्लाका विभिन्न सरकारी स्वाथ्य केन्द्रमार्फत सुरक्षीत गवृपतन गराएको जिल्ला जनश्वाथ्य कार्यालय नवलपरासीका जनस्वाथ्य निरीक्षक छवि गिरीले जानकारी दिए । । यस्तै आलु आर्थीक बर्षको मंसीर मसान्त सम्ममा २ हजार दुई सय ५९ जनाले सुरक्र्षीत गर्वपतन गराएको जिल्ला जनस्वाथ्य कार्यलयको तथ्याङ्क छ । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो। नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६०ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानूनले मान्यता दिएको छ। उता जब्जस्ति करणि र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ। लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा वढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ। नवलपरासि जिल्लामा हाल २० वटा स्वास्थ्य संस्था मार्फत सुरक्षित गर्भपतन सेवा संचालनमा रहेको जनश्वाथ्य कार्यालय नवलपरासिले जनाएको छ । जनताहरुमा सुरक्षीत गर्वपतनबारे चेताना बढ्नुका साथै चिकित्सकहर दक्ष्य भएकाले सरकारी स्वाथ्य केन्द्रहरुमा गर्वपतन गराउन का लगाी महिलाहरु पुग्ने गरेको बताईएको छ । निजि र सरकारी गरी जिल्लामा २० वटा स्वाथ्य संस्थामा सुरक्षीत गर्वपतनको सुविधा रहेको निरषिक गिरीले बताउनुभयो । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग गर्नुपर्छ।गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछी परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने बताईएको छ । असुरक्षित गर्भपतन गराउँदा महिलामा रक्तअल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने जस्ता समस्या आउने चिकित्सकहरु बताउछन् । तर अलिे सुरक्षीत गर्वपतन सेवा सुरु भएपछि महिलाहरुपनि खुलेर स्वाथ्यकेृन्द्रमा पुग्ने गरेको जनाईएको छ ।
२६ पुस २०७३, मंगलवार १३:५१ बजे प्रकाशित